सलमान खान जेल जाँदै गर्दा कसको कति पैसा डुब्यो ?

2018-04-06


एजेन्सी - भारतको जोधपुर अदालतले कालो हरिण शिकार मामिलामा बलिउडका सुपरस्टार सलमान खानलाई दोषी ठहर गर्दै पाँचवर्षको जेल सजाय सुनाएको छ । सलमान खानले तोकिएको सजायअनुसार पाँचवर्ष जेलमा कटाउनुपरे बलिउड फिल्म इन्डष्ट्रिजलाई करोडौं रुपैयाँ बराबरको नोक्सान ब्यहोर्नुपर्नेछ ।

सन् १९९९ मा प्रदर्शित फिल्म ‘हम साथ साथ हैं’ को छायांकनका दौरान कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गरिएको हो ।

१५० करोडको फिल्म रेस–३
अहिले सलमान खानको आगामी फिÞल्म ‘रेस ३’ को छायांकन चलिरहेको छ । सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मको कुल बजेट १५० करोड़ रुपैयाँ रहेको छ । यो फिल्मको छायांकन सम्पन्न भएको छैन । सलमान खानलाई सजय भए यो प्रोजेक्ट अधुरो रहन सक्छ । जसका कारण निर्माताको मोटो रकम फस्ने निश्चित छ ।

दबंग–३ को बजेट १०० करोड
‘दबंग’ सिरीजको तेस्रो भाग ‘दबंग ३’ को छायांकन चाँडै नै शुरु हुने भएको छ । यो फिल्मका दुवै भागमा सलमान खान र सोनाक्षी सिन्हाले अभिनय गरेका थिए । तेस्रो भागमा पनि सलमान खान देखिने निश्चितप्रायःथियो । यस फिल्मको बजेट झन्डै १०० करोड रहेको छ ।

कयौं फिल्मको प्री–प्रोडक्शन
फिल्म ट्रेड समीक्षक अमोद मेहराले ‘रेस ३’ बाहेक लिमान खानका बाँकी फिल्महरु ‘दबंग ३’, ‘किक २’ र ‘भारत’ मा कुनै पनि फिल्मको छायांकन सुरु नभएको बताएका छन् । तर फिल्म शुरू हुनु अगावै प्री–प्रोडक्शनको काम भने शुरू भइसकेको छ । जसमा कम्तीमा पनि एक सय करोड रुपैयाँ लगानी भइसकेको छ ।

टीभी शो पनि दाउमा
सलमान खानका फिल्ममात्रै नभएर उनको टेलिभिजन रियालिटी शो पनि दाउमा लागेको छ । उनी १० वर्षपछि फेरि ‘दस का दम’ ल्याएर टेलिभिजनमा कमब्याक हुने तयारीमा थिए । यो गेम शोको प्रोमो पनि सार्वजनिक भइसकेको छ । छिट्टै प्रदर्शनमा आउने भनिएको यो शो मा सलमान खान प्रस्तोताका रुपमा देखिने बताइएको थियो । यसका साथै सलमान खान टीभी शो बिग बोसमा प्रस्तोताको भूमिका निभाउँदै आएका थिए । यद्यपि यो शो को सीजन–१२ का लागि प्री–प्रोडक्शनको घोषणा भने भइसकेको छैन ।

ओडीसीको आठ करोड जोखिममा
त्यस्तै, ओडिसी इन्टरनेसनलले अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च भइसकेको बताएको छ । उसका अनुसार आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च । सलमान खानसंगै अन्य बलिवुड कलाकार नेपाल ल्याउने भन्दै नेपाली दर्शकसंग समेत ओडिसीले करोडौं रुपैयाँ अग्रिम अशुल गरिसकेको छ ।

फागुन २६ गते नेपाल आउने भनी तय गरिएको कन्सर्ट कार्यक्रम बिप्लव माओवादीले बिथोल्ने धम्कि दिएपछि तत्कालका लागि स्थगित भएको थियो । सलमान जेल गए संगै ओडीसीको आठ करोड जोखिममा परेको छ । अब त्यो पैसा दर्शकले कहिले र कसरी फिर्ता पाउछन चांसोको विषय बनेको छ ।

भारतीय कलाकारहरुलाइ पठाइएको उक्त रकम फिर्ता होला त ? उनीहरुबाट पैसा फिर्ता आएको खण्डमा पनि ओडीसीलाई ४ करोड अझै घाटा हुन्छ । किनकी नेपालमा भएको सो खर्च फिर्ता हुन सक्दैन । पहिले घोषित मितिमा शो नहुँदा नै ओडीसीलाई करोडौं घाटा लागिसकेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ