कथित कम्युनिस्ट नेता र पार्टी विरुद्ध विद्रोह बोलौं !

2022-08-21
लेखक : नारायण शर्मा (कम्युनिष्ट नेता)

आज हाम्रो देसका पार्टी र तिनका मुख्य-मुख्य नेताहरु कमरेड आजाद खड्काले भन्नुभएजस्तै फटाह र गद्दार भैसकेका छन् ! तर तिनीहरुका विरुद्धमा वैचारिक-राजनीतिक संघर्ष गरेर तिन्लाई रुपान्तरण गर्न सकिन्छ भन्ने एउटा मृगतृष्णा उहाँ लगायतका यी पार्टीका थुप्रै ठुला-साना नेता-कार्यकर्ताहरुमा व्याप्त छ । के ती साँच्चै रुपान्तरण हुन्छन् त ? हुने भए त माकेभित्र गुरुङहरुले, एसभित्र झलनाथहरुले, एमालेभित्र भीम-घनहरुले र बाबुरामभित्र डम्बर खतिवडाहरुले कम्ती गरेका हुन्/छन् र यस्तो संघर्ष ? खोइ त रुपान्तरण भएका यी लाउके नेताहरु ? प्रचण्ड, माधव, केपी र बाबुराम लगायतका यी हठी र दम्भी युद्धसरदार बनेका नेताहरु त झन् पछि झन् साम्राज्यवादी-विस्तारवादीहरुको दलाली गर्दै र नेपाल राष्ट्र,, नेपाली जनता र नेपाली क्रान्तिप्रति गद्दारी स्वरुप अन्ततः वर्ग, वर्गसंघर्ष, वर्गीय विचार, भावना र व्यवहारलगायतका आफ्ना घोषित मूल्य-मान्यता र प्रण-प्रतिबद्धताअरुलाई पूराका पूरा बिर्सेका र बिसर्जन गरेका छन् । यतिमात्र होइन, यिनीहरु नै अहिले त कम्युनिस्ट पार्टी, आन्दोलन र क्रान्ति एवं राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान, स्वत्व र अस्तित्व नै समाप्त पार्ने दिशामा म्याराथन दौडको प्रतिस्पर्धामा पो छन् त ?! यसरी यी नेताहरुले यतिबेला त साम्राज्यवादी-प्रतिक्रियावादीहरुको प्यारो बन्ने र उनीहरुको पक्का प्यादा भएको प्रमाणपत्र स्वरुप नोबेल पुरस्कारलगायतका प्रतिक्रियावादी पुरस्कारहरु पनि प्राप्तगर्ने लक्ष-उद्देश्यमा अर्जुन दृष्टि लगाइरहेका छन् !

त्यसैले प्रस्ट छ, प्रतिकृयावादीहरुबाट पाउने पद/पावर, पैसा, प्रसंशा, पुरस्कार र प्राणजस्ता पाँच प जन्य तुच्छ कुराहरुका भिक्षाका निम्ति नितान्त लोभी, लाचार र कायर बनेर वर्गीय र राष्ट्रिय दुश्मनहरुसँग पूर्णरुपेण आत्मसमर्पण गरिसकेका छन् । यी नेता भनाउँदा घातकी र पातकीहरुले वर्गवैरीहरुसँग नेपाल राष्ट्र र कम्युनिस्ट आन्दोलनलाई विभाजन, विघटन र विसर्जन गर्ने लिखित कसम समेत खाएका कुराहरु यत्र-तत्र-सर्वत्र सार्वजनिक छन् ! यसरी यी नेता भनिएकाहरु पूर्णत: दलाल र गद्दार बनिसकेकाले यी टाउके नेताहरुमा र यिन्ले नेतृत्व गरेका पार्टी/गिरोहहरुमा रुपान्तरणको रत्तिभर पनि गुन्जाइस छैन ।

खासगरी MCC , SPP र नागरिकता विधेयक स्वीकृत गर्नेसम्मको हालको यो अवस्थामा आइपुग्दा त माथि उल्लिखित पार्टीहरुभित्र न्याय, समानता, स्वतन्त्रता, क्रान्ति, मुक्ति र प्रगतिको लागि उल्लेख्य संघर्ष गरिरहेका उक्त नेताहरुले आफ्नोलागि, देसको लागि र शोषित-पीडित जनसमुदायका लागि बिद्रोहगर्ने बाहेको बेस्ट बिकल्प अर्को त छदैछैन । अझ यो विद्रोह त उपरउल्लिखित कथित राष्ट्रिय पार्टी भनिएका सरकार र संसदमा भएका संसदवादी पार्टीहरुमा मात्र होइन; सडकमा रहेका राष्ट्रवादी र क्रान्तिकारी भनिएका त्यागी, तपस्वी, स्वच्छ र सिद्धान्तनिष्ठ गनिएकाहरुले समेत यति लामो अवधिसम्म पनि चरम राष्ट्रघाती MCC, SPP र नागरिकता विधेयकजस्ता राष्ट्रियतासँग सम्बन्धित दीर्घकालीन महत्वका गंभीर र संवेदनशील विषयहरुलाई सरकार र संसदले हठात् र बलात् अवलम्बन र कार्यान्वयन गर्दा पनि तिनका विरुद्धमा कुनै सशक्त, संयुक्त, प्रभावकारी र परिणाममुखी संघर्ष समेत संगठित गर्न सकेनन् । साथै, यिनले आजसम्म पनि क्रान्तिको न कुनै ठोस तयारी, सुरुवात र विकासको दिशामा सिन्को भाँच्न सकेकाछन् न त पार्टीलाई व्यापक र बलियो बनाउन सकेका नै छन् । तसर्थ, खालि दिन काट्ने र काल पर्खने गरेका संकी, संकीर्ण, जड, यान्तृक, आग्रही, पूर्वाग्रही, प्रतिशोधी र अहंकारी बयोबृद्ध नेता-पण्डाहरुका पार्टी-गुटभित्र रहेर यथासक्य संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले पनि आआफ्ना पार्टी-गुट र नेता-पण्डाहरुका विरुद्धमा विद्रोह बुलन्द गर्नु बाहेकको अर्को राम्रो बिकल्प पनि छैन ।

त्यसैगरी विभिन्न पार्टीहरुबाट विद्रोह गर्दै स्वतन्त्र भएर पनि देस, जनता, क्रान्ति र मुक्तिको लागि कृयाशील रहेका वा कुन्ठा, आक्रोश, निराशा, पलायनजस्ता चिन्तन -प्रवृत्तिका शिकार भई चुप लागेर बस्दै आफ्नो क्रान्तिकारी उर्जा खेर फालिरहेका सच्चा, स्वतन्त्र, स्वविवेकी, स्वाधीन र स्वाभिमानी क्रान्तिकारी/प्रेमीहरुले समेत आआफ्ना सिमित र संकुचित सोंच, शक्ति, संस्था र संघर्षबाट माथि उठेर आफैभित्र एकप्रकारको विद्रोह गर्नु समेत जरुरी छ । तत्पश्चात् यी सबै विद्रोही क्रान्तिकारी कम्युनिस्टहरु एउटै शक्तिमा एकीकृत हुने, एउटै केन्द्रमा केन्द्रीकृत हुने र एउटै ध्रुवमा ध्रुवीकृत हुने अनि राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलनको महाअभियानमा अविलम्ब गोलबन्द र लामबन्द हुने गर्नु अनिवार्य छ । यो नै अहिले तत्कालको लागि नेपाल र नेपाली जनताको मुक्ति र क्रान्तिको निम्ति सर्वाधिक महत्वको अत्यन्त जरुरी कामकार्वाही हो ।
***




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ