तिन करोड लागतमा बन्ने त्रिभुवन नमुना माविको भवन शिलान्यास

2022-08-21

टिप्स तिवारी, नवलपरासी - पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा अवस्थित त्रिभुवन नमुना माविको तिनतले १२ कोठे पक्की भवनको शिलान्यास हिजो गरिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको शुभ मूहर्त पारेर गरिएको शिलन्यास प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले गर्नुभएको हो । आँफु जहिले पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने यादवले त्रीभुवन नमुना विद्यालय गाउँपालिका कै उच्चतम विद्यालय रहेकोले यसलाई गाउँपालिका कै शैक्षिक हबको रुपमा विकास गर्न आफू लागिपरेको र यसकालागी सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन् ।

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भगवती पंजियारले नमुना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार तुरुन्तै काम अघि बढाउन ठेकदारलाई आग्रह समेत गरे।

अनुमानित ३ करोड बजेट रहेको १२ कोठे भवनको निर्माण कार्य समीर कन्स्ट्रुक्सन प्रा लि ले लिएको हो यसै शैक्षिक सत्रको अन्तसम्म निर्माणकार्य सम्पन्न गरिने यसै विद्यालयका प्रधानाध्यापक नारद ठाकुर्ले जानकारी दिए ।

शिलन्यास कार्यक्रममा भुतपूर्व विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु शिक्षक अभिवावक संघका प्रतीनिधी हरु ,भूतपूर्व शिक्षक, सरकारको पक्ष, शिक्षाविद् एवं बिभिन्न समाजसेवीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ