काठमाडौँ जिल्ला बारमा आर.सी. विमलको प्यानल नै विजयी

2022-07-17

काठमाडौँ - देशकै ठुलो बार इकाई काठमाडौँ जिल्ला अदालत बार एसोसियसनमा अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. विमल) नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फबाट रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

२०७९ असार ३२ भएको निर्वाचन मार्फत पौडेल २ वर्षे कार्यकालका लागि अध्यक्षमा चुनिए । कार्यसमितिको उपाध्यक्षमा पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भए।

खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भए ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

अध्यक्ष पौडेलले का. जि. अ. बार एशोसिएशनको निर्वाचनमा डि. एल. ए. को तर्फबाट आफ्नो नेतृत्वको सम्पूर्ण टिमलाई मतदान कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गरी निर्वाचित गरिदिनुभएकोमा सम्पूर्ण कानुन व्यवसायीज्यू तथा शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यवाद समेत ब्यक्त गरेका छन्।

May be an image of 1 person and standing

नवनिर्वाचित अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. विमल)

May be an image of 9 people and people standing

विजयी टिम




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ