'बालेन एक्लै छन् भन्ने नसोचौं, शुभकामना र साथ दिउँ' : शर्मा

2022-05-27

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयले राजनीतिक दलहरुलाई जबर्जस्त दबाब सिर्जना भएको बताएका छन्।

बदलिएको समयअनुरुप आफूलाई बदल्नु राजनैतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी भएको बताउँदै महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, 'काठमाडौ महानगरमा बालेनको विजयले हामी (राजनीतिक दल)लाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ।'

महामन्त्री शर्माले अवस्थाप्रति रुष्ट भएका मतदाताले पनि 'व्यवस्था'कै विकल्प खोज्न चाहनेलाई भने मत नदिएको शर्माको तर्क छ।

'मुख्य दलको शैली र प्रस्तुतिप्रती असन्तुष्ट मतदाताले यद्यपि 'वैकल्पिक राजनीतिको नारा र दल’ रोजेनन्। अवस्थाप्रति रुष्ट मतदाताले व्यवस्थाकै विकल्प खोज्न चाहनेलाई खोजेनन्। नत्र वैकल्पिक राजनीतिको नारा सहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा थियो। अनि व्यवस्थाकै विकल्पको नारा सहितको दल र उम्मेदवार पनि मैदानमा थिए,' शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

बालेनलाई रोजेर काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसात गर्न आग्रह गर्दै शर्माले बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचेर जनताको काममा जननिर्वाचित मेयरलाई सघाउन आग्रह गरेका छन्।

'बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनिप्रति जनताको आशा र विश्वासको जित पनि हो। उनलाई सफलताको शुभकामना र साथ दुवै दिउँ,' शर्माले लेखेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ