निर्वाचित भएपछी काठमाडौँका मेयर बालेनको धन्यवाद र्‍याली

2022-05-27
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन (बालेन्द्र) साहले शुक्रबार धन्यवाद सभा गर्दैछन्। 
 
शुक्रबार बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुने उनका समर्थक तथा कलाकार अर्जुन घिमिरेले जानकारी दिए। त्यसअघि अहिले केहीबेरमा बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन्। 
 
त्यसपछि र्‍याली निकालिनेछ। र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ। 
 
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन्। 
 
निकटतम प्रतिद्वन्द्वीभन्दा सुरुदेखि नै निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन्।  महानगरको मतगणना बिहीबार राति सकिएको थियो। तर, निर्वाचित भएको औपचारिक घोषणा भने बिहा ८ बजे गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
 
महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित विजयी भएकी छन्। 



थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ