2022-05-27 |
काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत जफत भएको छ। उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल भए।
नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन्। यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो।
निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो। कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।
दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन्। यो सदर मतको २३.९८ प्रतिशत हो।
त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएका छन्। यो सदर मतको २३.८४ प्रतिशत हो।
निर्वाचन आयोगका अनुसार जमानत जोगाउन सफल मेयर उम्मेदवारहरू यी तीन जना मात्र हुन्।
यसबाहेक आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत पाएका छन्। यो सदर मतको ८.६१ प्रतिशत हो।
राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० (३.६१ प्रतिशत) मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ (०.४० प्रतिशत) मत पाएकी छन्।
उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर विजयी भएकी छन्। यो उपमेयरमा खसेको कुल सदर मतको ५३.२० प्रतिशत हो।
उपमेयर पदमा खसेका मतमध्ये १ लाख २८ हजार ९ सय ७५ सदर भएको आयोगले जनाएको छ।
उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। यो सदर मतको १८.४६ प्रतिशत हो।
उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ पनि जमानत जोगाउन सफल भएकी छन्। उनले १३ हजार ६ सय ९५ मत पाइन्। यो सदर मतको १०.६२ प्रतिशत हो।
उपमेयरमा राप्रपासहित २७ जना उम्मेदवारको जमानत जफत भएको छ।
राप्रपाकी विनिता मगैयाले १२ हजार १ सय ४१ (९.४१ प्रतिशत) मत पाएकी छन् भने लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५ सय ५५ (५.०८ प्रतिशत) मत पाएका छन्।
काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए।
मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको थियो भने १४ जनाले १० भन्दा कम मत पाए। सयभन्दा कम मत पाउने ४५ जना छन्।
काठमाडौंको कुन वडामा कसले जिते?
वडा नम्बर १ः भरत लाल श्रेष्ठ, एमाले
वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्ठ, एमाले
वडा नम्बर ३ः प्रेम थापा, एमाले
वडा नम्बर ४ः दिनेश महर्जन, एमाले
वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले
वडा नम्बर ६ः भुवन लामा, कांग्रेस
वडा नम्बर ७ः बिमल कुमार होडा, कांग्रेस
वडा नम्बर ८ः आशामान संगत, कांग्रेस
वडा नम्बर ९ः रामजि भण्डारी, कांग्रेस
वडा नम्बर १०ः राम कुमार के.सी, कांग्रेस
वडा नम्बर ११ः हिरा लाल तण्डुकार, कांग्रेस
वडा नम्बर १२ः बाल कृष्ण महर्जन, कांग्रेस
वडा नम्बर १३ः ध्रुव नारायण मानन्धर, एमाले
वडा नम्बर १४ः सुमन श्रेष्ठ, कांग्रेस
वडा नम्बर १५ः ईश्वर मान डंगोल, एकीकृत समाजवादी
वडा नम्बर १६ः मुकुन्द रिजाल, कांग्रेस
वडा नम्बर १७ः नविन मानन्धर, कांग्रेस
वडा नम्बर १८ः न्हुछेकाजी महर्जन, एमाले
वडा नम्बर १९ः राजेश कुमार श्रेष्ठ, कांग्रेस
वडा नम्बर २०ः राजेन्द्र मानन्धर, कांग्रेस
वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्य, एमाले
वडा नम्बर २२ः चिनीकाजी महर्जन, एमाले
वडा नम्बर २३ः मचा राजा महर्जन, एमाले
वडा नम्बर २४ः बिनोद कुमार राजभण्डारी, कांग्रेस
वडा नम्बर २५ः राजेश डंगोल, कांग्रेस
वडा नम्बर २६ः ख्यामराज तिवारी, कांग्रेस
वडा नम्बर २७ः योगेश कुमार खड्गी, कांग्रेस
वडा नम्बर २८ः भाइराम खड्गी प्रकाश, कांग्रेस
वडा नम्बर २९ः कुश ढकाल, कांग्रेस
वडा नम्बर ३०ः दल बहादुर कार्की, कांग्रेस
वडा नम्बर ३१ः सरोज ढकाल, एमाले
वडा नम्बर ३२ः नवराज पराजुली, एमाले
भदौ १०, काठमाडौ । नेपाल आयल निगममा कृयाशील रहेको नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद् बैठक गोदावरीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न ...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई अपील गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले धरानबासीलाई यो अपिल ...