मेयरमा पराजित भएपछि सिर्जना सिंहले दिइन मतदातालाई धन्यवाद

2022-05-27

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन भने जिकेको बताएकी छन।

उनले नगरवासीले दिएको अपार माया, हौसला र समर्थनप्रति आभार प्रकट गरेकी छन्। 'विजयी हुने गरि निश्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकेँ। अत: लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु।'

उनले काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई बधाई र शुभकामना पनि दिएकी छन्। साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जनाएकी छन्।

निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथीहरु, शुभेक्छुकहरू, सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, सामाजिक सञ्जालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु', सिर्जनाले भनेकी छन्।




थप समाचार


काठमाडौंका मेयर बालेन शाहलाई १८ प्रश्न (अन्तर्वार्ता)

काठमाडौंका मेयर बालेन शाहलाई १८ प्रश्न (अन्तर्वार्ता)

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनले सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह ...

काठमाडौंको मेयरमा तीन जनाबाहेक सबैको जमानत जफत

काठमाडौंको मेयरमा तीन जनाबाहेक सबैको जमानत जफत

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत जफत भएको छ। उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल भए। नयाँ मेयरका रूपमा स्वतन्त्र ...

काठमाडौंलाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन

काठमाडौंलाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन

काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्। शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय ...




ट्रेन्डिङ