मेयरमा पराजित भएपछि सिर्जना सिंहले दिइन मतदातालाई धन्यवाद

2022-05-27

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन भने जिकेको बताएकी छन।

उनले नगरवासीले दिएको अपार माया, हौसला र समर्थनप्रति आभार प्रकट गरेकी छन्। 'विजयी हुने गरि निश्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकेँ। अत: लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु।'

उनले काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई बधाई र शुभकामना पनि दिएकी छन्। साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जनाएकी छन्।

निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथीहरु, शुभेक्छुकहरू, सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, सामाजिक सञ्जालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु', सिर्जनाले भनेकी छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ