काठमाडौंलाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन

2022-05-27

काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्।

शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए।

शाहले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महानगरबासीलाई धन्यवाद दिए। उनले पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक अन्यत्र समय नदिने र आफ्नो पूर्ण क्षमतालाई काठमाडौं महानगरबासीका लागि प्रयोग गर्ने बताए।

'यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन। काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, बिश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्नेछु', शाहले भने।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाहले ६१ हजार ७६७ मत प्राप्त गरे। उनकी प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे।

काठमाडौं महानगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भइन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ