2022-05-27 |
काठमाडौँ - काठमाडौं महानगरपालिकाको नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।
लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्।
आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।
राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन्।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाएकी छन्। त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।
काठमाडौंको कुन वडामा कसले जिते?
वडा नम्बर १ः भरत लाल श्रेष्ठ, एमाले
वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्ठ, एमाले
वडा नम्बर ३ः प्रेम थापा, एमाले
वडा नम्बर ४ः दिनेश महर्जन, एमाले
वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले
वडा नम्बर ६ः भुवन लामा, कांग्रेस
वडा नम्बर ७ः बिमल कुमार होडा, कांग्रेस
वडा नम्बर ८ः आशामान संगत, कांग्रेस
वडा नम्बर ९ः रामजि भण्डारी, कांग्रेस
वडा नम्बर १०ः राम कुमार के.सी, कांग्रेस
वडा नम्बर ११ः हिरा लाल तण्डुकार, कांग्रेस
वडा नम्बर १२ः बाल कृष्ण महर्जन, कांग्रेस
वडा नम्बर १३ः ध्रुव नारायण मानन्धर, एमाले
वडा नम्बर १४ः सुमन श्रेष्ठ, कांग्रेस
वडा नम्बर १५ः ईश्वर मान डंगोल, एकीकृत समाजवादी
वडा नम्बर १६ः मुकुन्द रिजाल, कांग्रेस
वडा नम्बर १७ः नविन मानन्धर, कांग्रेस
वडा नम्बर १८ः न्हुछेकाजी महर्जन, एमाले
वडा नम्बर १९ः राजेश कुमार श्रेष्ठ, कांग्रेस
वडा नम्बर २०ः राजेन्द्र मानन्धर, कांग्रेस
वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्य, एमाले
वडा नम्बर २२ः चिनीकाजी महर्जन, एमाले
वडा नम्बर २३ः मचा राजा महर्जन, एमाले
वडा नम्बर २४ः बिनोद कुमार राजभण्डारी, कांग्रेस
वडा नम्बर २५ः राजेश डंगोल, कांग्रेस
वडा नम्बर २६ः ख्यामराज तिवारी, कांग्रेस
वडा नम्बर २७ः योगेश कुमार खड्गी, कांग्रेस
वडा नम्बर २८ः भाइराम खड्गी प्रकाश, कांग्रेस
वडा नम्बर २९ः कुश ढकाल, कांग्रेस
वडा नम्बर ३०ः दल बहादुर कार्की, कांग्रेस
वडा नम्बर ३१ः सरोज ढकाल, एमाले
वडा नम्बर ३२ः नवराज पराजुली, एमाले
मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनले सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह ...
काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत जफत भएको छ। उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल भए। नयाँ मेयरका रूपमा स्वतन्त्र ...
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन भने जिकेको बताएकी छन। उनले नगरवासीले दिएको अपार माया, हौसला ...