सौगात अभिनित 'घनचक्कर' को ट्रेलर सार्वजनिक, असार १० मा प्रदर्शन

2022-05-24

काठमाडौँ - सौगात मल्ल अभिनित ठुलो पर्दाको चलचित्र 'घनचक्कर' को ट्रेलर सार्वजनिक भएको छ। राइजिङ्ग मल स्थित क्युज सिनेमाको थिएटरमा आज एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्म असार १० गतेबाट देशभर रिलिज हुँदैछ।

फिल्ममा मल्ल संगै सलोन बस्नेत, जेवी डिसी, कस्मिरा लामा, सरोज खनाल, शिशिर भण्डारी, कृष्णभक्त महर्जन, आशान्त शर्मा, ममता प्रधान, नरेन खड्का, इश्वरी खड्का, घनश्याम जोशी, प्रवन भुषाल, दामोदर पौडल, कर्ण प्रिय, जनक घर्तिमगर, हरी लम्साल लगायतको अभिनय रहेको छ।

फिल्ममा सुसन प्रजापतिको छायाँकन, अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, विनोद खतिवडा, शान्ती तामांग र भरत रौनियार सह निर्देशक, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र विजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन, बिमल धमला प्रोडक्सन म्यानेजर, दिपु पौडेल मेकअप, सन्ध्या पुन हेयर लगायत रहेका छन्।

करुणा अर्याल र संगम भट्टले लगानी गरेका फिल्मलाई हरि भट्ट सूर्यनाथले प्रस्तुत गरेका हुन् । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

सस्पेन्स कमेडी जानराको फिल्मले शहर भित्र लुकेको लय विहिन जिन्दगी बाचिरहेका भिन्न भिन्न पात्रहरुहरुको मनोवृति र जीवन प्रस्तुत गरेको छ। समाजमा सरल र लयबद्ध जीवन देखेको जानेको हामीलाई यहि शहर समाज भित्र 'डार्क लाइफ'' बाँचिरहेका व्यक्तिहरुले समाजलाई कसरी हामीले भन्दा भिन्न रुपमा लिएबुझेका छन् र जीवन अगाडी बढाउन हाम्रो भन्दा भिन्न कस्ता कस्ता गतिविधि गर्छन भन्ने कुरा देखाउन खोजिएको छ। शहरभित्र नदेखिएको जीवनकथा बोल्ने फिल्म हो ''घनचक्कर''।




थप समाचार


वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...




ट्रेन्डिङ