बालेन १८ हजार ७७ मतले अगाडी, सिंह र स्थापितको कमब्याक अब असम्भव जस्तै

2022-05-23

काठमाडौँ - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।

काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेकोमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। सुरुवाती देखि नै लिड गरि अग्रता फराकिलो बनाउंदै लगेका बालेन दोश्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह भन्दा १८ हजार ७७ मतले अगाडी पुगिसकेका छन्।
यसरी हेर्दा अब सिर्जना सिंह र नेकपा एमालेको उम्मेदवार केशव स्थापितलाई कमब्याक गर्न मुस्किल मात्रै नभएर असंभव जस्तै भैसकेको छ।

सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन्।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २५ हजार ६ सय ८० मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ७७ मत धेरै पाएका छन् ।

तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २४ हजार ५८८ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर १ हजार ९२ छ।

 




थप समाचार


वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...




ट्रेन्डिङ