माओवादी नेता पुन र पूर्वसभामुख घर्तीले रोल्पामा गरे मतदान

2022-05-13

रोल्पा - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन्।

पुन र घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए। रोल्पामा रोल्पा नगरपालिकासहित १० स्थानीय तह छन्।

माओवादी केन्द्र एक्लै र कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपाले चुनावी गठबन्धन गरेका छन्।




थप समाचार


सौगात अभिनित 'घनचक्कर' को ट्रेलर सार्वजनिक, असार १० मा प्रदर्शन

सौगात अभिनित 'घनचक्कर' को ट्रेलर सार्वजनिक, असार १० मा प्रदर्शन

काठमाडौँ - सौगात मल्ल अभिनित ठुलो पर्दाको चलचित्र 'घनचक्कर' को ट्रेलर सार्वजनिक भएको छ। राइजिङ्ग मल स्थित क्युज सिनेमाको थिएटरमा आज एक कार्यक्रमको आयोजना गरि निर्माण ...

बालेन १८ हजार ७७ मतले अगाडी, सिंह र स्थापितको कमब्याक अब असम्भव जस्तै

बालेन १८ हजार ७७ मतले अगाडी, सिंह र स्थापितको कमब्याक अब असम्भव जस्तै

काठमाडौँ - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेकोमा हालसम्म १ ...

सात सय सत्ताइस पालिकाको नतिजा सार्वजनिक हुँदा कसले कति जिते ?

सात सय सत्ताइस पालिकाको नतिजा सार्वजनिक हुँदा कसले कति जिते ?

काठमाडौँ - स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ...




ट्रेन्डिङ