बैंकको ब्याजदर अझै बढ्न सक्छ : गभर्नर

2022-05-04

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् ।

गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् । उनले त्यसका लागि तयार रहनुपर्ने पनि बताए ।

हाल बैंकिङ क्षेत्रमा व्याप्त तरलता अभावकाबीच लगानीका क्षेत्रहरु खुम्चिएका छन् भने बैंकहरुले उच्च दरमा ब्याजदर अफर गरिरहेका छन् । पछिल्लो पटक तरलता अभावका बीच बैंकहरुले निक्षेपमा नै ११.०३ रुपैयाँ ब्याजदर प्रदान गरिरहेका छन् ।




थप समाचार


पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७० र डिजल ...

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा रोकियो २८ कम्पनीको आईपीओ निष्कासन

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा रोकियो २८ कम्पनीको आईपीओ निष्कासन

काठमाडौं - नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न ...

व्यापार घाटामा झिनो सुधार : ६५ अर्बको निर्यात हुँदा करिब ५ खर्बको आयात

व्यापार घाटामा झिनो सुधार : ६५ अर्बको निर्यात हुँदा करिब ५ खर्बको आयात

काठमाडौं - नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको तथ्यांकअनुसार नेपालको निर्यातको अवस्था ...




ट्रेन्डिङ