कार्यालय समय अब दैनिक ८ घन्टा

2022-04-28

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय बढेको छ। हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म ७ घन्टा रहेकोमा जेठ १ गते आइतबारबाट कार्यालय समय १ घण्टा बढ्ने भएको छ। बिहान ९ बजेर ३० मिनेटदेखि सुरू भएको कार्यालय समय साँझ ५ बजेर ३० मिनेटसम्म रहने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रूपमा जेठ १ देखि लागू हुने गरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ ५ बजेर ३० मिनेटसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको जानकारी दिएका हुन्।




थप समाचार


आसन्न निर्वाचनमा देसभक्त नागरिकहरुका मौलिक भूमिकाहरु !

आसन्न निर्वाचनमा देसभक्त नागरिकहरुका मौलिक भूमिकाहरु !

२०७९, मङ्सिर १ - लेखक नारायण शर्मा १. चुनावमा सहभागी भैरहेका देसका मुख्य शक्तिहरु आफूलाई लोकतन्त्रवादी अर्थात् काङ्ग्रेस भन्नेहरु, वामपन्थीहरु अर्थात् कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु, राष्ट्रवादीहरु ...

सप्त विचित्र विपरीत विडम्बनापूर्ण विषयका विवरणहरु !

सप्त विचित्र विपरीत विडम्बनापूर्ण विषयका विवरणहरु !

अहिले नेपाल एक यस्तो देश भएको छ जहाँ विचित्रका विडम्बनाका विषयहरु भए-गरेको पाइन्छ । ती मूलतः सात थरीका छन् ! हरेक विषयमा ती विपरीत पनि ...

५ घन्टा लोसपामा बसेर जसपामै फिर्ता

५ घन्टा लोसपामा बसेर जसपामै फिर्ता

जनता समाजवादी पार्टी (जसपा) एक कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेर ५ घन्टामै फेरि पुरानै पार्टीमा फर्किएका छन्।वीरगञ्ज महानगरपालिका वडा नं २१ का ...




ट्रेन्डिङ