राप्रपाका उपाध्यक्ष उद्धव पौडेलद्वारा पार्टी परित्याग

2022-04-28

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन्।

पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए।

अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।




थप समाचार


आसन्न निर्वाचनमा देसभक्त नागरिकहरुका मौलिक भूमिकाहरु !

आसन्न निर्वाचनमा देसभक्त नागरिकहरुका मौलिक भूमिकाहरु !

२०७९, मङ्सिर १ - लेखक नारायण शर्मा १. चुनावमा सहभागी भैरहेका देसका मुख्य शक्तिहरु आफूलाई लोकतन्त्रवादी अर्थात् काङ्ग्रेस भन्नेहरु, वामपन्थीहरु अर्थात् कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु, राष्ट्रवादीहरु ...

सप्त विचित्र विपरीत विडम्बनापूर्ण विषयका विवरणहरु !

सप्त विचित्र विपरीत विडम्बनापूर्ण विषयका विवरणहरु !

अहिले नेपाल एक यस्तो देश भएको छ जहाँ विचित्रका विडम्बनाका विषयहरु भए-गरेको पाइन्छ । ती मूलतः सात थरीका छन् ! हरेक विषयमा ती विपरीत पनि ...

कार्यालय समय अब दैनिक ८ घन्टा

कार्यालय समय अब दैनिक ८ घन्टा

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय बढेको छ। हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म ७ ...




ट्रेन्डिङ