एमालेको राष्ट्रिय सभाको परिणाम प्रतिकूल आउनसक्छ तर यो अन्तिम हो : ओली

2022-01-07

काठमाडौं - राष्ट्रिय सभाको आगामी निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताउँदै अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबाट प्रहारको अन्तिम किस्ता रहेको बताएका छन्। आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धन विरुद्ध एमाले एक्लै भएकाले परिणाम प्रतिकूल भएपनि अहिलेको यथार्थ नभएको उनले बताए।

एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै उनले राष्ट्रिय सभाको आगामी निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताएका हुन्। साढे चार वर्षअघि नै जनताले दिएको मतका अहिले प्रयोग भइरहेको बताउँदै उनले थपे, ‘परिणाम प्रतिकूल आउन सक्छ। आजको जनमत होइन, यथार्थ जनतमत होइन।’

त्यो समय आफूहरुले विभिन्न पक्षलाई सन्तुलित मिलाएर, विभिन्न प्रकारका व्यवस्थापन गरेर विभिन्न प्रवृत्तिलाई सिट बाँडेकाका कारण अहिले समस्या आइलागेको बताए। उनले थपे, ‘पहिले नै निर्वाचित मतदाता हुने अवस्थामा, हाम्रो बेग्लै परिस्थितिको जनमतबाट बिगार्ने र भत्काउने साँठगाँठबाट हामी अनुकूल परिणाम नआउन सक्छ।’

एमाले एक्लै अरु भन्दा बलियो रहेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्। ‘जनसमुदायलाई स्पष्ट पार्न चाहन्छु। बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरिएको हो। सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कारण छैन।’

उनले संसदीय क्षेत्र र मैदानमा नेकपा एमालेमाथि गर्नसक्ने प्रहारको अन्तिम किस्ता रहेको उल्लेख गरे। यसभन्दा पछि जनतामा जाँदा उक्त हैसियत नरहने ओलीको दाबी छ।




थप समाचार


वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...




ट्रेन्डिङ