संसद् सुचारु गर्न पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

2022-01-07

काठमाडौं - सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद् अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए।

संसद सुरु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए। ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मूल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ' उनले भने, 'संसद लामो समयदेखि अवरुद्ध छ। यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ। संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ। त्यसैले संसदलाई सुरु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ।’

त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम गर्ने बताए।




थप समाचार


प्रधानन्यायाधीश विरुद्धका रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रधानन्यायाधीश विरुद्धका रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग जोडिएका २ थान रिट निवेदनलाई लामो समयपछि दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार नारायण ...

सिनेमा, जिम तथा फुटसल माघ १५ सम्म बन्द गर्ने सरकारको निर्णय

सिनेमा, जिम तथा फुटसल माघ १५  सम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले मनरोञ्जन क्षेत्र र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बैठकले माघ १५ गते सम्मका ...

थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण

थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १५ हजार १३१ नमूना परीक्षण ...




ट्रेन्डिङ