‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

2022-01-05

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको छ ।

फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन। चलचित्रको शुभसाइत हुँदासम्म अनुबन्धित भइनसकेका उनलाई निर्माणपक्षले पछि भित्र्याएको हो ।सोमबारबाटै फिल्मको छायांकन पनि सुरु भएको छ ।

कर्णालीको कथामा निर्माण भैरहेको फिल्म ‘बुलाकी’को डोल्पामा भएको छायांकन सके लगत्तै नरेन ‘म’ को छायांकनमा ब्यस्त छन् ।

नरेनले ‘म’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । ''चलचित्रको कथावस्तु र चरित्र राम्रो लाग्यो साथै अनुभवी डाइरेक्टरसंग काम गर्ने अवसर जुर्यो, त्यसैले यो काममा जोडिन पाउँदा निकै खुसि छु'' उनले भने ।

प्रकाश पुरीको कथा रहेको ‘म’ मा नरेनसँगै सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, सन्जोग रसाइली, पुनम श्रेष्ठजस्ता चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

फिल्ममा सुजन परियारको कस्टुम डिजाइन र बनिश शाहको सम्पादन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् ।




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

प्रवण भुसाल बने उत्कृष्ट खल अभिनेता !

प्रवण भुसाल बने उत्कृष्ट खल अभिनेता !

काठमाडौँ - लामो समय देखि नेपाली चलचित्र ठप्प जस्तै भयको समयमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७५ र २०७६ सालका फिल्महरु लाई समाबेश गरि अवार्ड राष्ट्रिय नाचघर, ...




ट्रेन्डिङ