युभेन्टस माथि रियल मड्रिड विजयी, रोनाल्डोले गरे दुई गोल

2018-04-04


काठमाडौं - युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाईनल खेलहरु गएरातिबाट शुरु भएका छन् ।

गएराति भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा रियल मड्रिडले युभेन्टसलाई ३–० ले हरायो । ईटालियन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस टोली रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले २ तथा मार्सेलोले एक गोल गरे ।

आफ्नै मैदानमा भोगेको ३–० को हारपछि ईटालियन क्लव युभेन्टसको सेमीफाईनल प्रवेश निकै कठिन बनेको छ ।

गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हरायो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन थियागो अल्कान्ताराले एक गोल गरे भने सेभियाका जिसस नाभासले एक आत्मघाती गोल गरे ।
घरेलु टोली सेभियाका लागि पाब्लो साराबियाले पहिलो गोल गरेका थिए ।

च्याम्पियन्स लिग फुटबलमा सेमीफाईनल पहिलो लेगका बाँकी दुई खेल आज राति हुनेछन् । आज राति स्पेनको बार्सिलोनाले ईटालीको एएस रोमासँग खेल्दा दुई इंग्लिश क्लब लिभरपुल र म्यान्चेस्टर सिटी भिड्नेछन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ