आफ्ना तीन नेतालाई पदाधिकारी बनाउन पूर्वमाओवादी समूहको माग

2021-11-28

चितवन - चितवनमा जारी एमाले दशौं महाधिवेशनको बन्दसत्र जारी छ। आजको बन्दसत्रबाट पार्टीको केन्द्रीय कमिटी चयन हुनेछ।

आजको बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्नेछन्। यसअघि शनिबारको बन्दसत्रले नाम चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो।

पूर्वमाओवादी समूहले तीन पदाधिकारीको दाबी गरेको छ। आफ्नो मागसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहले अध्यक्ष ओलीलाई भेट्दै छन्।

पूर्वमाओवादीका तर्फबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, उप महासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्ट हुनुपर्ने उनीहरुको माग छ।

यस विषयमा छलफल गर्न पुर्वमाओवादीहरुको छुट्टै बैठकसमेत बसेको थियो। बादल भने सो बैठकमा सहभागी नरहेको एक नेताले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ