गेटमा पर्चा बाँड्दै मत माग्दै भीम रावलपक्ष

2021-11-28

सौराहा- नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलपक्षले प्रचारप्रसार तीव्र पारेका छन्।

अध्यक्ष केपी शर्मा ओलीपक्षले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिरहँदा रावलपक्षले अध्यक्षमा मत माग्न थालेका हुन्। रावलपक्षले गेटमा बसेर प्रतिनिधिहरुलाई पर्चा बाँडिरहेका छन्। तर, मूल गेटमा भने पर्चा बाँड्न नदिएर लखेटिएको रावलपक्षले गुनासो गरेका छन्।

यता ओलीपक्षका प्रतिनिधिहरुले भने रावलको पर्चा बाँडिएकोप्रति भन्दै विरोध जनाएका छन्।

महाधिवेशनको बन्दसत्रले शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारको नामावली पेस गर्ने अधिकार दिएको थियो। त्यसअनुरुप आज ओलीले केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने तयारी गरेका छन्। तर, रावलले भने सहमतिको कुरा राम्रो भए पनि प्रतिस्पर्धा हुन नदिनु ठीक नभएको बताएका छन्। उनले बन्दसत्रमा समय लिएर बोल्दै आफू अध्यक्षको उम्मेदवार भएको र त्यसबाट पछि नहट्ने अडानमा कायम रहेको बताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ