सहमति नजुटेपछि शीर्ष नेताहरुसँग छलफल गर्दै ओली

2021-11-28

सौराहा - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्क सफारी होटलमा बोलाएर छलफल गरिरहेका छन्।

ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत सहभागी रहेका छन्। उक्त छलफलमा पूर्वमाओवादी केन्द्रपक्षका नेताहरु रामबहादुर थापा, लेखराज भट्टसमेत सहभागी रहेको बुझिएको छ।

ओलीले छलफलमा नेता भीम रावल र घनश्याम भुसाललाई नबोलाएको स्रोतले बताएको छ।

शुक्रबार उद्घाटन भएको एमाले महाधिवेशनको शनिबारबाट बन्दसत्र सुरु भएको थियो। अध्यक्षसहित पदाधिकारी स्थायी कमिटी र केन्द्रीय कमिटीमा जान नेताहरुबीच प्रतिस्पर्धा चल्न थालेपछि ओली अप्ठ्यारोमा परेका हुन्।

बन्दसत्रको हलले शनिबार उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिएको छ। तर, रावलपक्षले भने त्यसको विरोध जनाउँदै प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनुपर्नेमा दबाब दिँदै आएका छन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलपक्षले प्रतिनिधिहरुसँग मत माग्नेक्रमलाई तीव्रता दिएको छ।

यता सर्वसम्मत नेतृत्व चयन गर्न कठिन हुँदै गएपछि ओलीले आफूनिकट नेताहरुलाई बोलाएर छलफल थालेको बुझिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ