एमालेको महाधिवेशन होइन ''ओलीधिवेशन हो'' : गगन थापा

2021-11-27

काठमाडौं - नेपाली कांग्रेस नेता गगन थापाले एमालेले गरेको महाधिवेशन ‘महाधिवेशन नभई ओलीधिवेशन’भएको टिप्पणी गरेका छन्।

काठमाडौं जिल्लाको सभापतिसहित आफ्नो समूहको प्यानलको उम्मेदवारी घोषणामा थापाले भने, ‘यो कांग्रेसको महाधिवेशन हो। चितवनमा भएको ओलीधिवेशन हो।’

पार्टीमा मत भएकैले मतभेद हुने गरेको उनले बताए। ओलीधिवेशनमा मत हाल्न कोही स्वतन्त्र नरहेको आरोप लगाउँदै उनले भने, ‘त्यहाँ मत हाल्न कोही पनि स्वतन्त्र छैनन्। त्यहाँ बाका सन्तान मात्रै छन्।’

ओलीको पाउमा जसले तेल बढी घस्न सक्छ उही नै नारायणी किनारसम्म आउन सकेको उनले आरोप लगाए। उम्मेदवारी घोषणा तथा पार्टी भित्र हुने मतभेदलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए।

कांग्रेसका हेरक व्यक्ति आफैंमा स्वतन्त्र हुने बाटो पार्टीले अंगालको उनको जिकिर छ। कांग्रेसमा कार्यकर्ताले नेतृत्वमाथि प्रश्न उठाउन सक्ने थापाले बताए।

नेता प्रकाशमान सिंह र थापाको गठबन्धनले काठमाडौं सभापतिमा कृष्ण (सबुज) बानियाँलाई उठाउने भएको छ। उक्त समूहबाट उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सचिवद्वयमा इन्द्र थापा र गोविन्द पुडासैनीले प्रतिस्पर्धा गर्ने भएका छन्। सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमेल श्रेष्ठले उम्मेदवारी दिने तय भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले शुक्रबार आफ्नो पक्षको उम्मेदवारी घोषणा गरेको थियो। देउवा पक्षबाट काठमाडौंको सभापतिमा उपेन्द्र कार्की उठ्ने भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ