आरम्भ चौतारीमा गाभियो देउराली लघुवित्त, एकीकृत कारोबार सुरु

2021-11-17

काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ र रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त एक आपसमा गाभिएर मंगलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो।

एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन रु एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको छ।

संस्थाको रु पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ