प्रधानन्यायाधीशविरूद्ध आक्रामक बन्दै नेपाल बार एसोसिएसन

2021-11-17

काठमाडौँ - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्धको आन्दोलनलाई बुधबारदेखि देशव्यापी रूपमा थप सशक्त बनाउने निर्णय गरेको छ।

बारको मंगलबार बसेको बैठकले बुधबारबाट प्रधानन्यायाधीशसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हो।

‘प्रधानन्यायाधीश राणा संलग्न कुनै पनि कार्यक्रममा बारको उपस्थिति रहँदैन,’ बार महासचिव लीलामणि पौडेलले भने।

उनका अनुसार बुधबारदेखि राणाविरूद्ध कानुन व्यवसायीले देशव्यापी आन्दोलन गर्नेछन्। यो आन्दोलन शुक्रबारसम्म जारी हुने पौडेलले बताए। त्यसपछि मंसिर ३ गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

त्यस्तै, संवैधानिक परिषदमा प्रधानन्यायाधीशबाहेक सबैलाई उपस्थित गराएर ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि राखिएको छ।

त्यसपछि पनि राणाले राजीनामा नदिए देशभरका १८ वटा उच्च अदालतका सरकारी कार्यालयमार्फत् आमसभा गर्ने र केन्द्रबाट आन्दोलनमा प्रतिनिधि पठाउने कार्यक्रम रहेको पौडेलले बताए।

प्रधानन्यायाधीश राणाबाट भएका विवादास्पद फैसलाबारे जानकारी दिने तथा ती फैसलाहरू कानुन व्यवसायीलाई उपलब्ध गराउने कार्यक्रम रहेको पनि उनले बताए।

सर्वोच्च अदालत परिसरभित्र प्रहरीले दंगाको वातावरण सिर्जना गरेकाले बारले त्यसको भर्त्सना गरेको छ।

 




थप समाचार


जाजरकोटमा बस दुर्घटना परि ५ को मृत्यु, २७ जना घाइते

जाजरकोटमा बस दुर्घटना परि ५ को मृत्यु, २७ जना घाइते

काठमाडौं - जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ ...

गेटमा पर्चा बाँड्दै मत माग्दै भीम रावलपक्ष

गेटमा पर्चा बाँड्दै मत माग्दै भीम रावलपक्ष

सौराहा- नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलपक्षले प्रचारप्रसार तीव्र पारेका छन्। अध्यक्ष केपी शर्मा ओलीपक्षले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास ...

सहमति नजुटेपछि शीर्ष नेताहरुसँग छलफल गर्दै ओली

सहमति नजुटेपछि शीर्ष नेताहरुसँग छलफल गर्दै ओली

सौराहा - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्क सफारी होटलमा बोलाएर छलफल गरिरहेका छन्। ओलीसँगको छलफलमा ...




ट्रेन्डिङ