प्रधानन्यायाधीशविरूद्ध आक्रामक बन्दै नेपाल बार एसोसिएसन

2021-11-17

काठमाडौँ - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्धको आन्दोलनलाई बुधबारदेखि देशव्यापी रूपमा थप सशक्त बनाउने निर्णय गरेको छ।

बारको मंगलबार बसेको बैठकले बुधबारबाट प्रधानन्यायाधीशसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हो।

‘प्रधानन्यायाधीश राणा संलग्न कुनै पनि कार्यक्रममा बारको उपस्थिति रहँदैन,’ बार महासचिव लीलामणि पौडेलले भने।

उनका अनुसार बुधबारदेखि राणाविरूद्ध कानुन व्यवसायीले देशव्यापी आन्दोलन गर्नेछन्। यो आन्दोलन शुक्रबारसम्म जारी हुने पौडेलले बताए। त्यसपछि मंसिर ३ गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

त्यस्तै, संवैधानिक परिषदमा प्रधानन्यायाधीशबाहेक सबैलाई उपस्थित गराएर ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि राखिएको छ।

त्यसपछि पनि राणाले राजीनामा नदिए देशभरका १८ वटा उच्च अदालतका सरकारी कार्यालयमार्फत् आमसभा गर्ने र केन्द्रबाट आन्दोलनमा प्रतिनिधि पठाउने कार्यक्रम रहेको पौडेलले बताए।

प्रधानन्यायाधीश राणाबाट भएका विवादास्पद फैसलाबारे जानकारी दिने तथा ती फैसलाहरू कानुन व्यवसायीलाई उपलब्ध गराउने कार्यक्रम रहेको पनि उनले बताए।

सर्वोच्च अदालत परिसरभित्र प्रहरीले दंगाको वातावरण सिर्जना गरेकाले बारले त्यसको भर्त्सना गरेको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ