वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा सुधार

2021-11-17

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा ७५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर घाटा अघिल्लो महिनाको तुलनामा केही घटेको छ। पहिलो दुई महिनामा ८३ अर्ब ४१ करोड पुगिसकेको शोधनान्तर घाटा तेस्रो महिनामा आइपुग्दा प्रत्यक्ष वैदेशिक लगानीमासुधार हुँदा सुधार आएको हो।

नेपालमा सोचे अनुरुप रेमिट्यान्स भित्रन नसक्दा पनि करिब पौने खर्बको शोधनान्तर घाटा रहेको हो। तीन महिनामा नेपालले ६५ अर्ब ५ करोडको सामान निर्यात गरेर ४ खर्ब ७८ अर्ब ५२ करोडको सामान आयात गरेको छ। तीन महिनाको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ छ। शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ।

तीन महिनामा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत ५ अर्ब ७ करोड रकम नेपाल भित्रिएको छ। वैदेशिक लगानी भने करिब ७५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको पहिलो तीन महिनामा चालु खाता घाटा १ अर्ब २८ करोड घाटामा रहेको छ जुन अघिल्लो वर्ष सोही अवधिमा ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा थियो।

तीन महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड कायम भएको छ। नेपालको आयात बढ्दै जाँदा विदेशी विनिमय सञ्चित घट्दै गएको हो।




थप समाचार


वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...




ट्रेन्डिङ