व्यापार घाटामा झिनो सुधार : ६५ अर्बको निर्यात हुँदा करिब ५ खर्बको आयात

2021-11-17

काठमाडौं - नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको तथ्यांकअनुसार नेपालको निर्यातको अवस्था सुदृढ भएको उल्लेख छ।

चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले मात्र वृद्धि भएको थियो।

यो अवधिमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यातसमेत क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ। सो अवधिमा चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधीलगायत वस्तुको निर्यात भने घटेको छ।

समीक्षा अवधिमा कुल वस्तु आयात भने ६३.७ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाको विभिन्न सामग्री आयत भएको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो।

भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ। सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात भने घटेको छ।

चालु आवको पहिलो तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थिया ।




थप समाचार


बजार रङगीचङ्गी बनाएर उपभोक्ता तान्ने प्रयास

बीस प्रतिसत ब्यापार बढ्ने ब्यापारीको विश्वास,, दिर्घकालिन योजना ल्याउन आग्रह
बजार रङगीचङ्गी  बनाएर उपभोक्ता तान्ने  प्रयास

दिवाकर पोख्रेलदेउखुरी, अशौज १६ गते । अहिले दाङ सहित आसपासका बजारमा ब्यपारको प्रकृति हेरेर ग्राहक मैत्री योजना आउन थालेका छन् । चाडपर्व नजिकदै ...

तरलता व्यवस्थापनका लागि २० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि २० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ...

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

काठमाडौं - सरकारले प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोडले घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‍मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका ...




ट्रेन्डिङ