चौतर्फी आलोचना भएपछी गजेन्द्र हमालले मन्त्रि पदबाट राजीनामा दिंदै

2021-10-10

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै विवादित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।

उनले आइतबारै राजीनामा दिने तयारी गरेका छन्। आफू विवादमा फस्न नचाहेकाले उनले पदबाट राजीनामा दिन लागेको उनका भाइ विजेन्द्र हमालले बताए।

कांग्रेसका पुराना नेता भएता पनि उनी सांसद् थिएनन्। तर, प्रधानन्यायाधीश राणाको आफन्त भएको र उनलाई पनि मन्त्रिपरिषद्मा कोटा छुट्याएको भन्दै हमाल मन्त्री बन्नुअघि नै विवाद सुरु भएको थियो। तर, विवादका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई मन्त्री बनाएका थिए।

राजिनामा दिन लागेकाे कुरा उनले पनि स्वीकारे। आफ्नाे कारणले सरकार तथा प्रधानमन्त्री शेरबहादुर देउवालई कुनै अप्ट्याराे नहाेस् भनेर आफूले राजिनामा दिन लागेको उनको भनाइ छ। 'मलाई शेरबहादुरजीले मन्त्री बनाएको हो, उहाँलाई सहयोग होस् भनेर राजीनामा दिने निधो गरेँ,' उनले नेपाल लाइभसँग भने।




थप समाचार


तिब्बतबाट च्याङ्ग्रा नआएपछि नेपालमा मूल्य उच्च

तिब्बतबाट च्याङ्ग्रा नआएपछि नेपालमा मूल्य उच्च

काठमाडौँ - आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ...

दशैंमा काठमाडौँ उपत्यका छाड्नेको लर्को

दशैंमा काठमाडौँ उपत्यका छाड्नेको लर्को

काठमाडौँ - नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु ...

बाहिरिदै मनसुन, अब ठूलो पानी नपर्ने

बाहिरिदै मनसुन, अब ठूलो पानी नपर्ने

काठमाडौँ - नेपालबाट मनसुन बाहिरिन थालेको छ । यो वर्ष निकै ठुलो क्षति पुर्याएर मनसुन शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट बाहिरिन थालेको हो ...




ट्रेन्डिङ