पार्टी भित्रको गुट अन्त्य गर्न सभापतिमा मेरो उम्मेद्वारी : शशांक कोइराला

2021-10-10

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको आर्थिक विकासको आधार जलविद्युत्, पर्यटन र कृषि भएको बताएका छन्।

नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दशैंका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्यका लागि पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिन लागेको सो अवसरमा बताए। ‘कांग्रेसलाई एकढिक्का बनाउन म सभापति पदमा उम्मेद्वारी दिन्छु,’ डा कोइरालाले भने।

कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए। ‘कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन,’ उनले भने। जनतालाई कांग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो।

कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए। कांग्रेस पार्टीको सिद्धान्त र विचार विपरित अगाडि बढेको उनको भनाइ थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ