थरुहट थारुवानले निर्णायक आन्दोलन गर्ने

2021-10-06

दिवाकर पोख्रेल
देउखुरी, असौज २० गते । टिकापर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै त्यसको विरुद्धमा थरुहट थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने जनाएको छ ।

संघर्ष समितिले थरुहट थारुवानका नेता रेशम चौधरी सहित टिकापुर घटनामा प्रक्राउ परेका थरुहट थारुवानका नेता कार्यकर्ताको विना शर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

थरुहट थारुवान संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले दाङको लमहीमा पत्रकार सम्मेलन गरी टिकापुर घटनाको सत्यतथ्य छानविन हुनुपर्ने र विना कारण प्रक्राउ गरेको नेता रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई हुनुपर्ने शर्त अघि सार्नुभएको छ । नेता थारुले टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न आग्रह गर्नुभएको छ ।
अबको आन्दोलन निर्णायक हुने र काठमाण्डौ केन्द्रित हुने लक्ष्मण थारुले जानकारी दिनुभयो ।

No description available.

सरकारले घटना भएको ६ बर्ष सम्म पनि घटनाको यर्थात बाहिर नल्याएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, घटनाको यर्थात बाहिर ल्याएको छैन, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्छ,दोषी उम्कन हुदैन ,निर्दाेष फस्नु हुदैन, यदि यो भएन भने हामी निर्णायक आन्दोलन गर्छाै ।

थरुहट थारुवानले तेस्रो चरणको आन्दोलनको तयारीको लागि मेची महाकाली अभियान शुरु गरेको छ । साउन महिनाबाट शुरु भएको अभियान जारी रहेको र यो अभियानमा शक्ति संचय गर्ने गरी काम भइरहेको बुझीएको छ । संगै नेता कार्यकर्ता भेटघाट र प्रशिक्षण भइरहेको छ । २०७२ भदौ ७ गते कैलालीको टिकापुर घटनामा सुरक्षा कर्मीका उच्च पदस्थ व्यत्ति सहितका सुरक्षा कर्मीको हत्या भएको थियो ।

उक्त घटनामा रेशम चौधरी संलग्न रहेको अभियोगमा जेलमा छन् । २०७४ सालको संघीय चुनावमा वारेस नामबाट उम्मेदवारी दर्ता गराएर निर्वार्चीत भएर पनि साँसद चौधरी संसदमा उपस्थित हुन पाएका छन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ