साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले पाए सफाइ

2021-10-05

काठमाडौं - साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुद्दा लागेका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालत, विराटनगरले मंगलबार आरोपित सबै प्रहरी अधिकारीलाई सफाइ दिएको हो। आरोपित सबै प्रहरी अधिकारीले सफाइ पाएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।

सुन तस्करी प्रकरणमा बहालवालासहित पूर्वप्रहरी अधिकारीविरुद्ध समेत मुद्दा लगाइएको थियो। पूर्वडीआईजी गोविन्द निरौला, तत्कालीन एसएसपी (हाल डीआईजी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी (हाल एसपी) प्रजित केसी, डीएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार विष्णुबहादुर खड्का र जवान अम्मरबहादुर खड्काले सफाइ पाएका हुन्।

यसअघि सबै प्रहरी अधिकारी धरौटीमा रिहा भए पनि एसएसपी श्याम खत्री र डीएसपी सञ्जय राउत भने पुर्पक्षका लागि थुनामै रहेका थिए। अदालतको उक्त फैसलापश्चात् उनीहरु अब पनि रिहा हुने भएका छन्।

२०७४ माघमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएपछि यो प्रकरण सुरु भएको थियो। उक्त सुन खोजी गर्ने क्रममा १८ फागुन २०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे) का सहयोगी मोरङ उर्लाबारी नगरपालिक-७ का युवा सनम शाक्यको हत्या भएको थियो।

उनको अपहरणपछि हत्या गरिएको थियो। शाक्यको शव १९ फागुन २०७४ मा स्कार्पियो जिपभित्र विराटनगर-१ पोखरियामा फेला परेको थियो। घटनास्थलबाट टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए।

उक्त्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो। छानबिन समितिको प्रतिवेदनको आधारमा प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो।

उनीहरूमाथि आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी, निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको अभियोग लगाइएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ