बजार रङगीचङ्गी बनाएर उपभोक्ता तान्ने प्रयास

बीस प्रतिसत ब्यापार बढ्ने ब्यापारीको विश्वास,, दिर्घकालिन योजना ल्याउन आग्रह

2021-10-02


दिवाकर पोख्रेल
देउखुरी, अशौज १६ गते । अहिले दाङ सहित आसपासका बजारमा ब्यपारको प्रकृति हेरेर ग्राहक मैत्री योजना आउन थालेका छन् । चाडपर्व नजिकदै गर्दा ब्यपारीहरुले बजारमा बस्तु तथा सेवा खरिद गर्दा सुविधा दिन थालेपछि उपभोक्ताहरु स्थानीय बजार तर्फ आकर्षीत हुन थालेका छन् ।
बजारको विषयमा जानकारहरु बिक्री बढाउँदा नाफा आर्जन गर्न सकिने बताउँछन । बजारका जानकार तथा अर्थशास्त्र विषयका उप प्रध्यापक सुधिर कुमार अधिकारीले बस्तु मुल्य बढाउन माग बढाउन आवश्यक रहेको बताउनुभयो । बस्तुको बिक्री गराउन मानिसको भिडभाड बढाउनु पनि एउटा उपाय हो, अहिले देउखुरी उद्योग बाणिज्य संघले ल्याएको यो प्रयास अल्पकालिन मात्रै हो, दिर्घकालिन रुपमा ब्यपार प्रवद्र्धन गर्न मुल्य समायोजन गर्ने देखि उपभोक्ताको आम्दानीको अनुसार बस्तु तथा सेवाको मुल्यदर कायम गर्नु हो ।

स्थानीय स्तरमै उपलव्ध बस्तु सेवाको मुल्य स्थानीय उपभोक्ताको आम्दानीको श्रोत र मागसंग तुलना गर्न सकिने भएपनि धेरैजसो उपभोग्य बस्तुको मुल्य निर्धारण हुन नसक्ने हुनाले ब्यपार प्रवद्धृनको अर्को महत्वपुर्ण औजार विज्ञापन पनि भएको अधिकारीको भनाइ छ । यसरी देउखुरी उद्योग बाणिज्य संघले थालेको कुपन कार्यक्रम, झलीमीली बनाउने, स्वागत द्धार निर्माण गरेर आकर्षण गर्दा आंशिक रुपमा विज्ञापन पनि भएको छ । यो संगै उपभोक्ता मैत्री कार्यक्रम बढाउदै चेतना बढाउनु पर्ने सुझाव उहाँको छ ।

देउखुरी उद्योग बाणिज्य संघका पुर्व कोषाध्यक्ष केशव घिमिरेले लमही र देउखुरीको समग्र ब्यपार बढाउन मुल्य समायोजन आवश्यक रहेको बताउनुहुन्छ । उपभोक्तामा बस्तु तथा सेवाको गुणस्तरको बारेमा चेतना दिदै बिक्री पछिको सेवा दिदा बजार प्रति उपभोक्ता आकर्षित हुने विश्वास उहाँको छ । अहिले देउखुरी उद्योग बाणिज्य संघले उपहार योजना, झिलीमीली, सरसफाई लगायतको कार्यक्रमले उपभोक्ता बजारमा बढेको समेत बताउनुभयो । उहाँले जस्तै तथा बजार विषयमा चाँसो राख्नहरुले बस्तु बिक्री गर्नको लागि बस्तुको मुल्यले निर्धारण गर्ने हुँदा मुल्य सन्तुुलन राख्न र ब्यापार बढाउने दिर्घकालिन रणनीति आवश्यक रहेको बताउँछन । यो संगै उपभोक्तालाई चेतना आवश्यक रहेको उनिहरुको सुझाव छ ।
चाडपर्वको समयमा उपभोक्ता ठूला बजारमा जाने र स्थानीय ब्यपार कम हुन थालेपछि लमही बजारमा उपभोक्ताको संख्या बढाउने गरी मनोरन्जन संगै उपभोक्ता तान्ने गरी गतिविधि संचालन गरिएको हो । देउखुरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले नयाँ पुस्तालाई बजारमा तान्ने कार्यक्रम अन्तरगर्त बजार सरसफाई, रङ्गीचङ्गी बनाउने र उपहार योजना ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अहिले बजार सरसफाई,रङगीचङगी बनाएर आकर्षण दिन खोजिएको छ, प्रचारप्रसार पनि भएको छ,आकर्षण बढेपछि स्वभाविकैले ब्यपार पनि बढ्छ भन्ने योजनाका साथ लागेका छौ । संगै बस्तु तथा सेवाको बारेमा जानकारी गराउने र विक्री पछिको सेवा बारे पनि जानकारी दिने गरेको बताउनुभयो ।
उद्योग बाणिज्य संघले विगतका बर्षमा भन्दा यस बर्ष २० प्रतिसतले ब्यापार बढाउने योजनाका साथ लागिपरेको छ, हाम्रा उपभोक्तालाई छनौटको लागि प्रशस्त सुविधा दिएर सुपथ मुलयमा बस्तु उपलव्ध गराउँछौ, संघका बरिष्ठ उपाध्यक्ष ठकुरीले भन्नुभयो ।

देउखुरी उद्योग बाणिज्य संघ १० लाख खर्च गरेर बजारमा आकर्षण बढाउन खोजेको छ । जस अन्तगर्त स्वागत द्धार निर्माण,ध्वजा पतका, आकासमा छाता झुन्डाएर यूवा वर्गलाई आकर्षीत गर्ने काम गरेको छ । आर्थिक श्रोत ब्यपारीबाटै संकलन गरिएको छ । उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष केशव पोख्रेलले उपहार योजना ल्याएको जानकारी दिदै लमही बजारबाट तीनहजार भन्दा माथिको बस्तु खरिद गर्दा कुपन उपलव्ध गराउने र चिट्टा प्रणाली अन्तरगर्त अशौज २१ र कात्तिक १२ गते उपहार कुपन खोली बिजेता घोषणा गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
उपभोत्तालाई स्थानीय स्तरमै रोक्ने प्रयास
सिद्धान्तले बस्तुको बिक्री बढाउन माग बढ्नुपर्छ भन्छ, माग बढाउन मुल्य घट्नुपर्छ । देउखुरी उपत्यकाको मुख्य ब्यपारिक क्षेत्र लमही भएपनि देउखुरी गाउँ गाउँमा धेरै जसो बस्तु पाइने गरी नयाँ ब्यपारिक केन्द्रहरु स्थापना भइसकेका छन् । गाउँ गाउँमै सबै प्रकारका उपभोग्य सामाग्री पाउने भएपछि ग्राहक लमही आउनै नपर्ने हुनसक्छ । उपभेक्ताहरुले पनि लमही र गाउँको पसलमा पाइने सामानमा तात्वीक भिन्नता नरहेको बताउँछन । राजपुर गाउँपालिका वडा नम्बर ७ विरुबहादुर चौधरीले मुख्य ब्यपारिक केन्द्रमा आइसकेपछि धेरै सामान कम मुल्यमा खरिद गर्नको लागि मात्रै आउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, मूल्यमा हिसाव गर्ने हो, दिनभरी लगाएर, भाडा खर्च गरेर सोही मुल्यका सामान खरिद गर्न उपभोक्ता आउँदैन त्यसको लागि मुल्य फरक अनिवार्य नै हो ।

देउखुरी उपत्यकाको ब्यपारकै विषयमा यहाँका उपभोक्ताहरु छिमेकी देश भारतमा समेत सामान खरिद गर्न जाने गरेका छन् । ब्यापारीहरुको ब्यपारीहरुको संगठित संस्थाहरुले छिमेकी राष्ट्र भारतसंग नजिक पर्ने ब्यपारी नाकामा उपभोक्ताहरु ठगिने गरेको दाबी गर्छन ।

देउखुरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमलजंह सिंह ठकुरीको भनाइ अनुसार उपभोक्ता लहलहैमा भारतमा सामान खरिद गर्न जाँदा ठगिने र नेपाली रकम भारतमा जानु राम्रो नहुने बताउनुहुन्छ । अहिले लमही क्षेत्रमा पनि स्तरीय पसलहरु संचालनमा आएको र छनौट गर्ने धेरै सुविधा भएको उहाँको दाबी छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ