प्रवण भुसाल बने उत्कृष्ट खल अभिनेता !

2021-10-01

काठमाडौँ - लामो समय देखि नेपाली चलचित्र ठप्प जस्तै भयको समयमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७५ र २०७६ सालका फिल्महरु लाई समाबेश गरि अवार्ड राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भयको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा अवार्ड वितरण गरियको हो।

नेपाली चलचित्र मा लामोसमयदेखि निरन्तर काम गरिरहेका कलाकार प्रवन भुषाल ले चलचित्र मन्दिरा बाट उत्कृष्ट खल अभिनेता अवार्ड हातपारे का छन् भने उत्कृष्ट अभिनेता चलचित्र शुशिल श्रेष्ठ लभ डायरिज, उत्कृष्ट अभिनेत्री चलचित्र आशा गिरी ड्रिम गर्ल, उत्कृष्ट सह अभिनेता चलचित्र धिरेन शाक्य सरौंतो ,उत्कृष्ट निर्देशक चलचित्र ऋषीराज आचार्य ड्रिम गर्ल, उत्कृष्ट हास्य अभिनेता चलचित्र गोपाल ढकाल छन्दे पोई प¥या काले, उत्कृष्ट छायाँकार चलचित्र सौरभ लामा राम कहानी, उत्कृष्ट चरित्र अभिनेता चलचित्र प्रेम पाण्डे जात्रै जात्र।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्री, समाजसेवी तथा ब्यबसायी ज्ञान बहादुर लामा, चलचित्र निर्माता निर्देशक आकाश अधिकारी, कलाकार संगका अध्यक्ष रबिन्द्र खड्का, नेपाल चलचित्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

मोडेलिंग गर्दै नेपाली चलचित्र प्रवेश गरेका प्रवणले हालसम्म आधा दर्जन चलचित्र मा अभिनय गरिसकेका छन् एके ४७, लुकामारी, मन्दिरा, सेम सेक्स म्यारिज, वान्टेड लगायतका चलचित्र र करिब एक दर्जन भन्दा धेरै नेपाली म्युजिक भीडियो र दुई दर्जन बढी विभिन्न राष्ट्रिय अन्तरास्ट्रिय बिज्ञापन एवं छोटो चलचित्रहरुमा सार्थक कलाकारको रुपमा काम गरेका छन भने उनि अभिनित चलचित्र "घनचक्कर" प्रदर्शन को तयारीमा रहेको छ।

चलचित्र, गीत, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिएको हो । यो अवाडको अहिले गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण जस्ता विधामा प्रदान गरिएको छ । यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला/पुरुष, छायाँकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरियको थियो।

No description available.

No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ