विदेश जाँदा अब नयाँ मापदण्ड

2021-09-30

काठमाडौं - सरकारले अध्यागमन कार्यविधि संशोधन गर्दै विदेश जाने नेपाली नागरिकको खर्च व्यवस्थापनको हकमा नयाँ मापदण्ड तोकेको छ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) मा रहेको 'खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको बिदेशी मुद्रा सटही गरेको प्रमाण'को व्यवस्थालाई परिवर्तन गरिएको हो।

परिवर्तित व्यवस्थाअनुसार यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया, थाइल्याण्डको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम २५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

माथि उल्लेख गरिएका बाहेक (अन्य) मुलुकको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) पछि देहाय बमोजिम खण्ड (घ१) थप्ने समेत निर्णय भएको छ।

खण्ड (घ१) मा 'दफा ३.१ को उपदफा (२) को खण्ड (घ) बमोजिमको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त 'क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भइ अनिवार्य आयस्रोत खुलाउने।' व्यवस्था थप गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ