एमाले केन्द्रीय कमिटी बैठकको बिचबाटै बाहिरिए भीम रावल

2021-09-26

काठमाडौं - नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्।

अझ विशेषगरि सुदूरपश्चिमको हकमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष भीम रावल असन्तुष्ट बनेका छन्।

केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उक्त बैठकमा पनि ठोस सहमति भने भएन। तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

आइतबार बैठकमा केहीबेर सहभागी भएका उपाध्यक्ष भीम रावल भने बाहिरिएका छन्। उनले प्रतिक्रिया दिन मानेनन्। तर, उनीनिकट एक नेताले भने अहिले उपाध्यक्ष रावल नबोलेर सहमति लागू हुन्छ कि हुन्न भन्नेमा पर्खिरहेको बताउँछन्।

`उहाँ अहिले मौन बस्ने र समय आएपछि बोल्ने भन्नेमा हुनुहुन्छ,´ ती नेता भन्छन्, `कहिलेकाहीँ मौन बसेर गतिविधिलाई हेर्नुपनि पर्छ।´




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ