आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने

2021-09-20

काठमाडौं - सोमबार (आज) देखि सर्वसाधारणले दसैंका लागि नयाँ नोट साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले दसैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए। प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गरिने उनले जानकारी दिए।

राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आए पनि कोरोना महामारीका कारण गत वर्ष भने वितरण गरेको थिएन।

यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराउन थालेको हो।

विगतमा सुकिलो नोट पनि वितरण गरेकोमा यो वर्ष नयाँ नोट नयाँ नै वितरण गरेको राष्ट्र बैंकले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ