अष्टलक्ष्मीको माधव नेपाललाई आग्रह : फर्केर आउनोस्, एमालेलाई तपाईंको आवश्यकता छ

2021-09-16

काठमाडौं - नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपालले लिएको बाटो सही नभएको भन्दै समीक्षा गरेर 'सुदृढ एमाले बनाउने अभियान'मा आउन आह्वान गरेकी छन्।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले यस्तो भनेकी हुन्। ‘माधव नेपालले लिएको बाटो सही छैन। किन भनि रहेको छु भने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ। सुदृढ एमालेको आवश्यकता थियो,’उनले भनिन्,‘आज आफूले त्याग गरेको, समर्पण गरेको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भनेको कुरा सही कुरा हुँदैन। म अनुरोध गर्न चाहन्छु फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, एमालेलाई सुदृढ एमाले बनाउन तपाईंको आवश्यकता छ।’

उनले बलियो एमाले बनाउन पूर्वाग्राह मनमुटाव बिना सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनै पर्ने बताइन्।

'अब छाती फराकिलो बनाएर अघि बढाउनुपर्छ। अपानि १२ अक्षस: पालना गरेर अघि बढ्नुपर्छ,’ उनले भनिन्,‘विचार शुन्य भएपछि जन्माउने गुटबन्दी हो। त्यसले एमालेलाई बलियो होइन कमजोर बनाउँछ अब त्यसलाई छोडनुपर्छ।’

विगतको कमीकमजोरी ढाकछोप गरेर नहुने भन्दै त्यसको गम्भीर र निर्मम रुपमा समीक्षा हुनुपर्ने शाक्यको भनाइ छ। कमीकमजोरीको समीक्षा नगरे थप समस्या आउने पनि उनले बताइन्।

नेकपा एमालेलाई सुदृढ, सबल बनाउनका लागि अब आफू सच्चिनुपर्ने तथा विचार, शैली र व्यवहारमा सच्चाउन आवश्यक रहेको उनको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ