१४ जना रोहिंग्या शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमनलाई बुझायो

2021-09-16

काठमाडौँ - बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ। केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

'केही रोहिंग्याहरू नयाँ आए। पहिलाको डाटाहरू त थियो। तर थप आएकाहरूलाई हामीले अध्यागमनमा बुझाएका छौं,' उनले भने।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले शरणार्थीहरू प्रहरीमार्फत् सम्पर्कमा आएको बताए। उनीहरूबारे अनुसन्धान भइरहेको उनले बताए।

यद्यपी उनीहरूलाई पक्राउ नै गरी अनुसन्धान गरिएको हो वा होइन भन्ने उनले खुलाएनन्।

'उनीहरू सम्पर्कमा आएका थिए। त्यो विषयमा अनुसन्धान भइरहेको छ,' भट्टराईले भने,'अनुसन्धान भइरहेको विषय भएको हुँदा धेरै खुलाउन मिलेन। अवैध रूपमा आएको हो वा होइन भन्ने बेला भएको छैन।'

उनीहरूलाई कहाँ राखिएको छ भन्ने पनि उनले खुलाउन चाहेनन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ