अमेरिकामा नेपाली नृत्य कक्षा सञ्चालन

2021-09-12

अमेरिकाको पल्शिल्भेनिया राज्यको राजधानी हेरिशबर्ग शहरमा नेपाली नृत्यको कक्षा सञ्चालन भएको छ । ब्यस्त दैनिकीमा आभिभावकले बालबालिकालाई समय दिन नसकिरहेको अवस्थामा व्यायामको साथमा लोक नृत्यले नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कार एवं संस्कृति सिकाउनुका साथै घुलमिल गराउने लक्ष्यका साथ कक्षा सञ्चालनमा ल्याएको यसका सञ्चालक पक्षले जानकारी दिए ।

ईनास पेल्शिलभेनियाको प्रमुख सकृयतामा नृत्य कक्षा सञ्चालनमा ल्याएको यो टिमले निकट भबिष्यमा अभिनय, सङगितलगायत बिभिन्न कक्षा समेत सञ्चालन गर्ने बताएको छ। बालबालिकालाई नृत्य तथा अभिनय कलामा निखारेर बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय मञ्चमा पुर्याऊने र राम्रो कलाकार ऊत्पादन गरि अमेरिकामै नेपाली चलचित्र समेत उत्पादन गर्ने रहेको उदेस्य रहेको टिमका सल्लाहाकार नेपाली चर्चित नायक मुकेश ढकालले बताए । यो समुहले हाल पनि अमेरिकामै नेपाली गित, सङगित तथा म्युजिक भिडियो उत्पादन गरिरहेको छ ।

नृत्य प्रशिक्षकका रुपमा चलचित्र निर्देशक एवं बरिष्ठ नृत्य निर्देशक बिकाश घले गुरुङ रहेका छन् । निर्देशक गुरुङले भारबाट शास्त्रीय नृत्यमा बिम्युज गरेका छन् भने नेपली नृत्यको खोज अनुसन्धानमा लामो समय बिताएका उनको खोज अनुसन्धानमा आधारित “नृत्य तथा नाट्य सिद्दान्त” पुस्तक प्रकाशनको तयारिमा छ ।

नेपालमै रहंदा दर्जनौ म्युजिक भिडियो तथा चलचित्रमा निर्देशन गरि राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जितेका गुरुङ नेपालका तर्फ़बाट टिमको प्रतिनिधित्व गर्दै शार्क सम्मेलन लगायत बिभिन्न अन्तराष्ट्रिय नृत्य महोत्सबमा सहभागी भएका छन् ।

समाज सेवामा सक्रिय बहुप्रतिभाका धनी गुरुङले करिब १५ बर्ष नेपालको एक ऎतिहासिक संस्था नेपाल पुलिस क्लब (हाल नेपाल प्रहरी सङगीत बिद्यालय) मा नृत्य तथा नाट्य प्रशिक्षक का रुपमा रहे। हाल अमेरिकामा बसोबास गरिरहेका उनि ईनाष पेल्शिलभेनिया का संस्थापक अध्यक्ष हुन् भने युनाईटेड गुरुङ एसोसियसनका कार्यक्रम निर्देशकमा रुपमा समेत सक्रिय छन् ।

No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ