मेलम्चीको पानी आगामी चैतभित्र काठमाडौँ ल्याउने सरकारको घोषणा

2021-09-10

काठमाडौँ - सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुन: काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।

‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने ।

गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले यस्तो घोषणा गरेको हो।

सरकारले नदी कटान एवम् बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ