कांग्रेसले फेरि संशोधन गर्‍यो महाधिवेशन कार्यतालिका

2021-09-10

काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन गरिएको छ। निर्धारित समयअनुसार सबै वडामा अधिवेशन हुन नसकेपछि कार्यतालिका परिमार्जन गरिएको छ।

केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति पर सारिएको छ। भदौ १८ देखि २६ सम्म वडा तहको अधिवेशन हुन नसकेका २० जिल्लाको वडा अधिवेशन असोज ५ का लागि सारिएको छ। डडेलधु्रामा आज भएको वडा अधिवेशनसहित ५७ जिल्लाको वडा अधिवेशन सकिएको छ।

आइतबार (भदौ २७) का लागि तोकिएको गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको छ। सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १५ र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १८ गते हुने गरी सारिएको छ। प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ।

केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ।

No description available.




थप समाचार


दशैंको मुखमा बजेटमा अन्योलता, कर्मचारीको भदौको तलब अनिश्चित

दशैंको मुखमा बजेटमा अन्योलता, कर्मचारीको भदौको तलब अनिश्चित

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) ...

बागमतीमा १८ लाख ७० हजारले लगाए कोरोना खोप

बागमतीमा १८ लाख ७० हजारले लगाए कोरोना खोप

काठमाडौँ - बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३२ ...

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना, ३ को मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना, ३ को मृत्यु

काठमाडौँ - काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप ...




ट्रेन्डिङ