गायक शिव परियारको “शुभकामना” मा मनिता सारुको डेब्यु

2021-09-05

मातृ देवो भव । पितृ देवो भव ।। गरु देवो भव ।।
संस्कार फरक होलान, धर्म फरक होलान, रङग, भेग, जाति, लिङग .फरक होला तर संसार भर आफ्ना परिवार लाई मायाँ, प्रेम र सद्भाव नगर्ने भन्ने हुनै सक्तैन । त्यसमाथि पनि नेपाली संस्कृतिमा माथि दिईएको ऊद्दरण त झन नेपालीको पहिचान नै हो भन्दा दुईमत नहोला ।

यसकारण पनि नेपालीले आफन्त, ईष्टमित्रलाई ढोग नमस्कार गरेतापनि बाबु- आमा र गुरुलाई शाष्टाङग दण्डवत गर्ने चलन छ । भन्नै पर्दा जन्म दिने आमा, कर्म दिने बाब र ज्ञान (परिचय) दिने गुरुलाई सबैले सम्मान गरेकै हुन्छन र गर्नु पनि पर्छ । यतिमात्रहो कसैले अभिब्याक्त गर्छन त कसैले ब्यावहार बाट मात्र । ब्यावहार बाट पनि सम्मान नगर्ने ब्याक्तिलाई तुच्छ पशु भन्दा फरक नपर्ला ।

यि पुजनिय ब्याक्ति हरुलाई विश्व भरिनै बिभिन्न छुट्टा छुट्टैदिन भिन्न-भिन्न नाम दिई सम्मान गरिन्छ । यतिबेला नेपालमा पनि कुशे औसी- बाबुको मुख हेर्ने दिन निजकदै छ शोहिदिन आ-आफना बाबु हरुलाई आफु दक्ष सम्मान-सम्झना गर्ने त छदैछ । तर केहि बर्ष यता शेहिदिनलाई वा आफ्ना अभिभावकलाई अविश्मरणिय गराऊनको लागि सन्तानले बिभिन्न कृयाकलाप गरेको सामाजिक सञ्जालमा स्पस्ट देख्न सकिन्छ । यसमध्य गित सङगित प्रमुख रहेको छ ।

यसै सन्दर्भमा कुशे औसीको अवसर पारि प्रशिद्द, लोकप्रिय गायक शिव परियारले अफ्ना बाबु, आमा, गुरुहरुको सम्मान सम्झनका लागि “शुभकामना…” गित बजारमा ल्याएका छन् । यस गितमा शब्द बिकाश घले गुरुङको रहेको छ भने संगित सन्तोष श्रेष्ठको रहेको छ र सङगित सम्योजन राजु कार्किले गरेका छन् ।

रेड ओशियन ईन्टरटेन्टमेन्ट नामक युटुबच्यानलबाट सार्वजानिक गरिएको भिडियोमा बिकाश घले गुरुङको कथा, निर्देशन तथा सम्पादन रहेको छ भने बिशाल ढुंगानाले छायाङकन गरेका छन् । दिपेश ढकाल र मनिता सारुको मुख्या भुमिका रहेको यस भिडियोमा बालकलाकारको रुपमा बिप्लव गुरुङ र नाब्या शर्मा रहेका छन् ।

नेपालि चलचित्र वा बिषेश गरि म्युजिक भिडियोमा एक अब्बल निर्देशकमा चिनिने बिकाश घले गुरुङले यस भिडियोलाई नौलो तरिकाले पस्केका छन्। कथाबस्तु निकै गम्भिर र भावपुर्ण छ। त्यस माथि कहिले काहि शब्द कोर्ने गुरुङले यस गितको शब्द छनौट गहिरिएर लिएका छन जसले ऊनलाई उत्कृष्ट गितकारको रुपमा उभ्याउछ ।

गितको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । मनिता सारुको डेब्यु रहेता पनि बालकलाकारसहित उनको अभिनय तारिफ योग्य छ । सम्पुर्ण गित र भिडियो टिमलाई हाम्रो तर्फबाट सुभकामना।

हेर्नुहोस भिडियो




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ