राजोपाध्यायको निर्देशनमा 'गब्जेरो' को दोश्रो एपिसोड युट्युबमा

2021-08-16

चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको वेब सिरिज 'गब्जेरो' को दोश्रो एपिसोड युट्युबमा सार्वजनिक भएको छ। किड्न्याप, डनगिरि सम्बन्धी सस्पेन्स कहानी बताउने उपरोक्त सिरिजलाई निर्देशक स्वयंले लेखन, छायांकन तथा सम्पादन गरेका हुन्।

भिडियोमा संदेश श्रेष्ठ, बिजेन श्रेष्ठ, अमिन प्रजापति, संजित तामाङ्ग, दिनेश स्ठापित, अमित राजोपाध्याय, सजेश शर्मा र डिजोन मोक्तानले अभिनय गरेका छन्।

यस एपिसोडमा धने डनको टिमले एकैपटक मोटो रकम कमाउन मान्छे अपहरण गर्ने सल्लाह गर्छन तर आफ्नै बडाडनको अस्ट्रेलियाबाट फर्कंदै गरेको छोरीलाई एअरपोर्टबाट किड्न्याप गरेको थाहा लागेपछि सबैको भागाभाग हुन्छ। तर किन त्यसो हुन पुग्यो भन्ने कुरा यो एपिसोडमा सस्पेन्स राखिएको छ।




थप समाचार


अमेरिकामा नेपाली नृत्य कक्षा सञ्चालन

अमेरिकामा नेपाली नृत्य कक्षा सञ्चालन

अमेरिकाको पल्शिल्भेनिया राज्यको राजधानी हेरिशबर्ग शहरमा नेपाली नृत्यको कक्षा सञ्चालन भएको छ । ब्यस्त दैनिकीमा आभिभावकले बालबालिकालाई समय दिन नसकिरहेको अवस्थामा व्यायामको साथमा लोक नृत्यले ...

गायक शिव परियारको “शुभकामना” मा मनिता सारुको डेब्यु

गायक शिव परियारको “शुभकामना” मा मनिता सारुको डेब्यु

मातृ देवो भव । पितृ देवो भव ।। गरु देवो भव ।।संस्कार फरक होलान, धर्म फरक होलान, रङग, भेग, जाति, लिङग .फरक होला तर ...

कलाकारहरुको अन्तर्राष्ट्रिय संस्था ''इनास''को पेल्सिभेनिया कार्यसमिति गठन, विकास घले अध्यक्ष

कलाकारहरुको अन्तर्राष्ट्रिय संस्था ''इनास''को पेल्सिभेनिया कार्यसमिति गठन, विकास घले अध्यक्ष

एजेन्सी - चलचित्र निर्देशक, लेखक, पटकथाकार बिकास घले गुरुङको नेतृत्वमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (Inas America) अमेरिकाको पेन्सिलभेनिया राज्यमा कार्यसमिति गठन भएको छ। राज्यको हेरिसबर्ग ...




ट्रेन्डिङ