प्रहरीको प्रश्नपत्र लिक प्रकरण : ३ जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस

2021-08-11

काठमाडौँ - शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षामा अनियमिततामा संलग्न भएको आरोपमा लागेका ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ। शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको सुचना बाहिरियेपछी प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिले छानबिन सकेर बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन ५ सय ५० पृष्ठको छ ।

प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ ।

छानबिन समितिले प्रहरीको युएन शाखाका एसपी अनुपम शम्शेर जबरा र डिएसपी रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । डिएसपी खड्का परीक्षार्थी हुन् । हवल्दार कुमार शाहले समितिसँगको बयानमा डिएसपी खड्कालाई आफूले प्रश्नपत्र दिएको स्विकारेका थिए ।

शान्ति मिसनको प्रश्नपत्र १ सय १९ जना परीक्षार्थीहरूको हातमा पुगेको छानबिनबाट थाहा भएको छ । ‘प्रधान कार्यालयबाट तेस्रो लेयरसम्म प्रश्नपत्र लिक भएको देखियो’ समितिका एकजना सदस्यले दुनियाँखबरसँग भने–‘प्रश्नपत्र लिक गराउने र पाउने समेत गरि करिब ३६ जनालाई बोलाएर सोधपुछ गरेका थियौँ ।’

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

प्रश्नपत्र प्रहरी प्रधान कार्यालय स्थित युएन शाखाका एसपी अनुपम शम्शेर जबराको टेबलको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले चोरेर हवल्दार कुमार शाह मार्फत लिक गराएको छानबिनबाट पुष्टि भएको छ ।

साउन १५ र १६ मा चार सेटको प्रश्न तयार गरेर परीक्षा लिइएको थियो । चारवटै सेटको प्रश्नपत्र लिक भएको समितिको निष्कर्ष छ ।

परीक्षा रद्द गर्न सिफारिस
सवैतिर प्रश्नपत्र लिक भएको हुनाले समितिले परीक्षा रद्द गर्न सिफारिस गरेको छ । ‘परीक्षा रद्द गरेर नयाँ परीक्षा सञ्चालन गर्न समितिले सुझाव दिएको छ’ प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले भने–‘संलग्नलाई कारबाही गर्न र युएन शाखामा विगतदेखि नै लापरबाही हुँदै आएको निष्कर्ष सहित छानबिन समितिले आगामी दिनमा सुधार गर्नुपर्ने सुझाव दिएको छ ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ