2021-08-09 |
एजेन्सी - चलचित्र निर्देशक, लेखक, पटकथाकार बिकास घले गुरुङको नेतृत्वमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (Inas America) अमेरिकाको पेन्सिलभेनिया राज्यमा कार्यसमिति गठन भएको छ। राज्यको हेरिसबर्ग सहरमा सर्वसम्मतिले बहुप्रतिभाशाली व्यक्तित्व गुरुङको नेतृत्वमा ६ सदस्यीय कार्यसमिति गठन भएको हो।
कार्यक्रममा ऊपस्थित भई बहुचर्चित नेपालि चलचित्रका नायक मुकेश ढकाल, नर्थ अमेरिका ईनासका अघ्यक्ष लोकप्रिय गायक कन्हैया सिङ परियार, मेरिल्याणड राज्यका ईनासका उपाध्यक्ष चर्चित गायिका अन्जना गुरुङ युनाईटेड नेप्लिज आर्टिस्ट एसोशियसन नर्थ अमेरिकाका महासचिव तथा ओरल्ड एसोशियसन अफ पर्फमिंग आर्ट साऊथ एसियाका उपाध्यक्ष राजु बजाज लगायतले नवनियुक्त अध्यक्ष बिकास घले गुरुङलाई बधाई दिए ।
त्यस्तै, बहुप्रतिभाशाली बौद्धिक व्यक्तित्वको हातमा नेतृत्व पुगेकोमा खुशी समेत ब्यक्त गरे।
“कला र कलाकारको साथि ईनास” मुलनारा रहेको ईनास नेपाली गित संगीत, कला-साहित्यमा लगायत बिदेसमा नेपालि भाषी समुदायहरुको लागि गैरनाफामुलक सामाजिक साझा संस्था हो ।
यो संस्था हाल बिश्वभर करिब ७० देसमा विस्तारित छ।
इनासले नेपालको दैविक प्रकोप लगायत बिभिन्न बिषम परिस्थितिमा राहत सहयोग समेत गर्दै आईरहेको छ ।
इनासको पेन्सिलभेनिया राज्यको नवगठित कार्यसमिति यस प्रकार रहेको छ :-
अध्यक्ष : बिकास घले गुरुङ (चलचित्र लेखक,निर्देशक)
उपाध्यक्ष : बिशाल ढुंगाना (चलचित्रकर्मि)
सचिव : नारायण सुवेदी (आभाष) संगीतकर्मी
कोषाध्यक्ष : दिरेश ढकाल (मोडल)
सदस्य : आलोक कार्की (मोडल)
सदस्य : राजेश अर्याल (कलाकार )
सदस्य : मनिता सारु (मोडल )
३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...
नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...