2021-08-02 |
काठमाडौं - इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादी मारिएको दाबी गरेको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा भएको भिडन्तमा अतिवादी मारिएको सेनाले जानकारी दिएको छ।
सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी लडाकूहरूले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हातहतियारलगायत बरामद गरेको पनि सेनाले जनाएको छ।
अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
घटना भएको क्षेत्रमा लामो समयदेखि हिंसात्मक गतिविधि हुँदै आएकाले नियन्त्रण गर्न सरकारले कडा कदम चाल्दै आएको छ ।
काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...
एजेन्सी - अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सैन्य गठबन्धन बनाएका छन्। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनबीच ...
काठमाडौं - किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको ...