संक्रमित बढेसँगै भरिन थाले अस्पताल, स्वास्थ्य सेवा प्रभावित हुने चिन्ता

2021-08-02

काठमाडौं - कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक सातायता फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा समेत संक्रमितको संख्या बढ्दा अस्पतालका कोभिड शय्या भरिन थालेको छ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर बढेको र अस्पतालहरुमा संक्रमित बिरामीको चाप देखिन थालेपछि अन्य स्वास्थ्य सेवा पनि प्रभावित हुनसक्ने देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई साता अघिसम्म दैनिक २ हजार संक्रमित थपिँदै आएकोमा अहिले फेरि उक्त संख्या बढेर झण्डै चार हजार पुग्न थालेको छ।

कोरोना संक्रमितको चाप फेरि बढ्न थालेपछि त्रिवि शिक्षण अस्पतालले आइतबार चिकित्सकहरुबीच छलफल समेत गरेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए।

अहिलेकै अवस्थामा अस्पतालमा भर्ना हुने क्रम बढ्दै गए केही दिनमा अन्य स्वास्थ्य सेवा प्रभावित हुनसक्ने अधिकारीको भनाइ छ।

‘बिरामीको संख्या बढिरहेको छ, आज पनि हामीले मिटिङ गरेका थियौं, अब कसरी जाने भनेर,’ उनले भने, ‘अरु सेवा फेरि बन्द गरेर कोभिडको लागि पूर्ण तयारी गर्नुपर्ने अवस्था आउँछ कि भनेर आज छलफल भएको हो।’

अधिकारीका अनुसार गतसाता एक सयभन्दा कम संक्रमित उपचाररत रहेको अवस्थामा अहिले संक्रमितको चाप बढेको छ।

टिचिङ अस्पतालको जनरल वार्डमा ८५, कोभिड आईसीयू तथा भेन्टिलेटरमा १८ जना, अक्सिजन सपोर्टमा ११ जनार आकस्मिक कक्षमा ११ जना उपचाररत रहेको पनि अधिकारीले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालजस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढेको छ।

अस्पतालका निर्देशक डा अनुप बास्तोलका अनुसार आइतबार साँझसम्म आकस्मिक कक्षमा ८ जना, कोभिड वार्डमा ३५ जना, आईसीयू तथा भेन्टिलेटरमा २४ जना, क्याविनमा ९ जना उपचाररत छन्।

बिस्तारै कोरोना संक्रमणको ग्राफ उकालो लागेकाले केही सातामै संक्रमितलाई बेड अभाव हुनसक्ने स्थिति आउन सक्ने डा बास्तोलाले बताए। ‘निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्नै छाडे, संक्रमण बढ्न थालेको छ,’ उनले भने, ‘फेरि बिरामीलाई बेड अभाव हुने अवस्था आउनसक्छ।’

टिचिट र टेकु अस्पतालजस्तै वीर, पाटन, सिभिललगायतका अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढ्न थालेको छ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले दोस्रो लहरकै अवस्था आउन नदिन विशेष सावधानी अपनाएर जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्।

उपत्यकाका अन्य अस्पतालमा पनि उपचारका लागि आउने संक्रमितको संख्या बढ्दो क्रममा रहेको बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ